रिलायन्स लाइफको शेयरको अर्डर आदेश प्लेसमेन्ट भएन, खरीद अर्डर नहट्दा ‘कोल्याट्रल ब्लक’

0
Shares

नेप्सेको अनलाईन कारोबार प्रणालीमा मंगलबारदेखि कारोबार सुरु भएको रिलायन्स लाइफ इन्स्योन्सको शेयर कारोबारमा कठिनाई देखिएको छ। कारोबार प्रणालीमा देखिएको यस किसिमको समस्याले लगानीकर्ताहरु अन्यौलमा परेका छन् ।

लगानीकर्ताले एकातिर बिहान साढे १० बजेको प्रि ओपनिङ्ग सेसनमा राखेको अर्डर रद्द गर्न सकेका छैनन् भने अर्कोतर्फ अन्तिम कारोबार मूल्यको २ प्रतिशत माथि प्रविष्ट गरिएको खरीद आदेश समेत नलिग्दा शेयर कारोबारमा उल्झन देखिएको हो ।

लगानीकर्ता राजेन्द्र भट्टराइका अनुसार उनले स्पेशल प्रि ओपनिङ्ग सेसनमा राखेको धेरै पटक प्रयास गर्दा पनि खरीद आदेश खारेज भएको छैन। खरीद आदेश खारेज नहुँदा तल्लो मूल्यमा शेयर पाउने अवस्था छैन भने कारोबार सीमा (कोल्याट्रल) को बन्देजले अन्य कम्पनीको शेयर समेत किन्न सकिएको छैन ।

मंगलबार ३२२ रुपैयाँमा शेयर कारोबार खुलेको रिलायन्सको २ प्रतिशत मूल्य बढेर ३२८ मा कारोबार भएपनि त्यसपछि भने २ प्रतिशतमाथिको मूल्यमा लगानीकर्ताले कारोबार आदेश राख्न सकेका छैनन् । ट्रेड म्यानेज्मेन्ट सिस्टमले २ प्रतिशतमाथिको मूल्यमा (३३४ रुपैयाँमा) खरीद आदेश प्रविष्ट भएको जनाउ सिस्टममा देखाएपनि अर्डर म्यानेज्डमेन्ट र मार्केट डेप्थमा भने ती आदेशहरु प्रविष्ट भएका छैनन् ।

यस सम्बन्धमा नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरी पराजुलीले यस सम्बन्धमा आइटी शाखाले अध्ययन गरिरहेको बताए ।

रिलायन्स लाइफको शेयर स्पेशल प्रि ओपनिङ्गमा अधिकतम रेञ्जमा कारोबार

धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि कम्पनीले भदौ २२ गते नेपाल स्टक एक्सचेञ्जमा ६३ लाख कित्ता साधारण शेयर सहित २ करोड १० लाख कित्ता शेयर सूचीकृत गराएको थियो ।

कम्पनीके आईपीओ ५ लाख ६७ हजार जनाले गोलाप्रथाबाट १० कित्ताका दरले प्राप्त गरेका थिए । आईपीओमा ५ लाख ८९ हजार ४६४ जनाले आवेदन गरेकोमा २० हजार ५०९ जना आवेदकको हात खाली भएको थियो भने १ हजार ९५५ वटा आवेदनहरु रद्द भएका थिए ।

कम्पनीले सनराइज क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । यससँगै रिलायन्सको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य सनराइज क्यापिटल कमलपोखरी मार्फत हुनेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ भदौ २०७७, मंगलबार  १३ : १५ बजे