चौथो दिनमा नेप्से सूचकमा सुधार, कारोबार रकम भने घट्यो

0
Shares

लगातार तीन दिन घटेको शेयर बजार सूचक मापक नेप्सेमा चौथो कारोबार दिनमा सुधार आएको छ । गत बिहीबार सामान्य घटेकोमा अघिल्ला दुई दिन लगातार दोहोरो अंकले घटेको नेप्से सूचकमा मंगलबार सुधार आएपनि कारोबार रकम भने घट्न पुगेको छ ।

अल्पकालीन लगानीकर्ताले नाफा बुक गर्दा अघिल्ला दुई दिन बजार घटेपनि मंगलबार भने ७ अंक बढीले सुधार भएको छ । मंगलबार नेप्से ७.३५ अंकले बढ्दा १ अर्ब ७९ करोड ८३ लाख बराबरको कारोबार भयो । कारोबार रकम अघिल्लो दिनको भन्दा ३७ करोड कम हो ।

यसदिन १९० कम्पनीका ४१ लाख ८० हजार ८१६ कित्ता शेयर २३ हजार २९७ पटक कारोबारमा आए । मंगलबार कारोबारमा आएका १२ उपसमूहको सूचकमध्ये बैकिंङ र होटल समूहका बाहेक अन्य बाँकी सबै सूचक सामान्य बढेका छन्।

Market Information
Index Current Points Change % Change  
NEPSE 1,495.15 7.35 0.49  
Sensitive 299.47 0.83 0.28  
Float 103.40 0.36 0.35  
Sen. Float 98.36 0.34 0.35  
 
Sub-Indices Current Points Change % Change
Banking 1,206.45 2.85 0.24  
Trading 1,028.67 81.3 8.58  
Hotels 1,511.19 4.96 0.33  
Development Bank 1,751.83 7.04 0.4  
HydroPower 1,094.04 21.1 1.97  
Finance 677.81 4.49 0.67  
No Life Insurance 7,474.36 73.43 0.99  
Manu. & Pro. 3,026.00 80.64 2.74  
Others 997.56 12.56 1.27  
Microfinance 2,518.34 19.16 0.77  
Life Insurance 9,164.74 48.59 0.53  
Mutual Fund 10.80 0.01 0.13  

पछिल्लो समय आइपीओ निष्कासन गरेर शेयर बजारमा सूचीकृत भएका वा मर्जरका कारण रोक्का भई पुन कारोबार सुचारु भएका कम्पनीहरुको शेयरमूल्यमा तीब्र उतारचढाव देखिएको छ। सुरुवाती कारोबारमा आउने यस्ता कम्पनीहरुको शेयरमूल्य पम्प एण्ड डम्पको अवस्थाले नवप्रवेशी लगानीकर्ताहरुको लगानी भने जोखिममा पर्ने अवस्था सिर्जना भएको देखिन्छ ।

आजको कारोबारमा नेपाल रि इन्स्योरेन्स कम्पनीको उच्च कारोबार भएको छ । रि-इन्स्योरेन्सको २७ करोड ५५ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै नागरिक लगानी कोषको १२ करोड २२ लाख र नेको इन्स्योरेन्सको ९ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भयो ।

मंगलबारको बजारमा साल्ट ट्रेडिङ, उन्नति सहकार्य, एनआरएन लघुवित्त वित्तीय संस्थाको ९ प्रतिशत धेरैले बढेर सकारात्मक सर्किट लागेको छ ।

यसदिन सबैभन्दा धेरै एनआरएन इन्फ्रास्टक्चरको शेयरमूल्य झण्डै दश प्रतिशतले घटेको छ । पञ्चकन्या माइ, आँखुखोलाको ५ प्रतिशत धेरैले मूल्य घट्दा घलेम्दी, युनिर्भसल पावर, रैराङ्ग, दीब्यश्वरी, पाँचथर पावर, युनाइटेड मोदी हाइड्रोपावर र पोखरा फाइनान्सको शेयरमूल्य घटेको छ। दशौं ठूलो शेयरमूल्य घटेको पोखरा फाइनान्सको २.६५ प्रतिशतले घटेको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ भदौ २०७७, मंगलबार  १५ : ३० बजे