सशस्त्रका जवानलाई १६ वर्षमै पेन्सन दिने कानुन ल्याउँदैछौं : गृहमन्त्री


काठमाडौं । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी जवानलाई १६ वर्षमा पेन्सन दिने कानुनी व्यवस्था गर्न लागिएको घोषणा गरेका छन् ।

सशस्त्र प्रहरी दिवसको अवसरमा हल्चोकस्थित मुख्यालयमा आयोजित कार्यक्रममा उनले सशस्त्र प्रहरीका सम्पूर्ण अधिकृतदेखि जवानहरुको आवाजलाई समेटेर कानून बनाएको बताए ।

आफू गृहमन्त्री बनेदेखि नै सुरक्षा निकायको ऐन, कानून बनाउने कार्यमा जोड दिएको बताउँदै उनले भने, ‘सशस्त्र प्रहरीका सम्पूर्ण अधिकृतदेखि जवानहरुको आवाजलाई समेटेर कानून बनाइएको छ ।’उनले सशस्त्र प्रहरीको विधेयकलाई केही दिनमै संघीय संसद्मा दर्ता गर्ने तयारी रहेको समेत बताए ।

प्रकाशित मिति: ९ माघ २०८१, बुधबार  १४ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।