काठमाडौँ । सुनको भाउ बिहीबार प्रतितोला ४०० रुपैयाँले घटेको छ । बुधबार १९ सय रुपैयाँले बढेको सुनको मूल्य बिहीबार ४०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन एक लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै बिहीबार चाँदी १ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ७५२.५३ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३०.६२ डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया