शुक्रबार एक हजारले बढ्यो सुनको भाउ


काठमाडौँ । सुनको भाउ शुक्रबार प्रतितोला एक हजार रुपैयाँले बढेको छ । बिहीबार ४०० सय रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार १ हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन एक लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन एक लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै शुक्रबार चाँदी १ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी १ हजार ८७५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ७७४।०२ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३०।८ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ११ माघ २०८१, शुक्रबार  ११ : ०१ बजे