एनआइसी एशिया ग्रोथ फण्डको इकाई मूल्य समायोजन

0
Shares

एनआइसी एशिया ग्रोथ फण्डको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा इकाई मूल्य समायोजन भएको छ ।

फण्डले गत आवबाट वितरण गर्न प्रस्ताव गरेको १२ प्रतिशत नगद लाभांश (प्रतिफल) को बुकक्लोजसँगै फण्डको इकाइमूल्य समायोजन भएको हो ।

फण्डको १२ प्रतिशत नगद लाभांश समायोजन पश्चात नेप्सेले एनआइसी एशिया ग्रोथ फण्डको प्रतिकित्ता ९.९९ रूपैयाँ कायम गरेको छ ।

साउन २६ मा सम्पन्न ७५ औं बैठकले आर्थिक वर्ष २०७६।७७ का लागि एनआईसी एशिया ग्रोथ फण्डका इकाईधनीलाई १२ प्रतिशत अर्थात १० करोड २ लाख २४ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

आजै बुकक्लोज गरेका अन्य तीन सामूहिक लगानी कोषका इकाईहरु एनआइसी एशिया ब्यालेन्स फण्ड तथा नबिल ब्यालेन्स फण्ड २ र नबिल इक्वीटी फण्डको बुकक्लोज पनि बिहीबार नै भएपनि इकाइमूल्यको १० प्रतिशतभन्दा कम लाभांश प्रस्ताव गरेका कारण ती फण्डको इकाइमूल्य भने समायोजन भएको छैन।

बोनस शेयरमा जतिसुकै प्रतिशत भएपनि शेयरमूल्य समायोजन हुने भएपनि नगद लाभांशको हकमा भने दोस्रो बजारमा कायम मूल्यको १० प्रतिशतभन्दा धेरै नगद लाभांशमा मात्र शेयरमूल्य समायोजन हुने कानूनी व्यवस्था छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ भदौ २०७७, बिहीबार  ०८ : ०७ बजे