काठमाडौँ । सुनको मूल्य दुई दिनमा प्रतितोला २३ सय रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला ९०० रुपैयाँले घटेको सुन बुधबार १४ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन एक लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुन एक लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै बुधबार चाँदी १ हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी १ हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ७६२।९९ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३०।४१ डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया