कोभिड रोकथाम तथा नियन्त्रणका लागि कुमारी बैंकको सचेतना कार्यक्रम

0
Shares

कुमारी बैंक लिमिटेड (KBL) को सुदुरपश्चिम प्रादेशीक कार्यालय महेन्द्रनगर कञ्चनपुरले आफनो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागी महेन्द्रनगर वजारमा सामाजिक सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा बैंकका कंचनपुर शाखा, झलारी शाखा तथा चादनी दोधारा शाखाका कर्मचारीहरु समेतको पनि उपस्थिती रहेको थियो ।

बैंकको प्रादेशिक कार्यालयबाट बिहान ९ बजे देखी सुरु भई चम्मन चौराहाबाट सब्जीमण्डी हुँदै महेन्द्रनगर बजारको वडा नम्बर १, २, ३, ४ र ५ नम्बर गल्ली परिक्रमा गरी बैकको प्रादेशिक कार्यालयमा ११ बजे समापन भएको थियो ।

उक्त कार्यक्रममा बैंकले महेन्द्रनगर वजारमा मास्क लगाउन प्रेरित गरी मास्क नलगाई हिडेका बिभिन्न ब्यक्तिहरुलाई एक हजार थान मास्क तथा १५० थान ह्यान्ड स्यानीटाईजर वितरण गरेको थियो ।

कार्यक्रममा कर्मचारीले मास्क प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने, स्यानीेटाईजर प्रयोग गर्ने, भिडभाड नगर्ने तथा साबुन पानीले हातधुने जस्ता बिबिध सचेतनामुलक नारा लेखिएका ब्यानर तथा प्ले–कार्ड बोकेर सो मार्फत कोभिड–१९ नियन्त्रण र रोकथामका लागी पुर्बसाबधानीका सन्देश दिईएको थियो ।

सुदूरपश्चिम प्रादेशीक कार्यालयका प्रमुख दीपक खनालले कोभिड–१९ नियन्त्रण र रोकथामका लागी यो कार्यक्रम निकै उपयोगी हुने साथै आगामी दिनमा पनि सचेतनामुलक कार्यक्रमहरु अन्य स्थानमा पनि गर्दै जाने जानकारी दिए।

कुमारी बैंक लिमिटेडको सुदूरपश्चिम प्रदेशमा १९ वटा शाखा र ८ वटा ए।टि।एम। संचालनमा रहेको छ भने देशभर १८६ शाखा, १३ एक्सटेन्सन काउन्टर, २२ शाखारहित बैंकिङ्ग सेवा र१०८ एटिएम सञ्चालनमा रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।