काठमाडौँ । सुनको मूल्य एकैदिन प्रतितोला २२ सय रुपैयाँले बढेको छ । मंगलबार १९ सय रुपैयाँले बढेको सुनको भाउ बुधबार २२ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन एक लाख ६६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुन एक लाख ६४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै बुधबार चाँदी १ हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी १ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ८५६.७६ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३२.३ डलरमा कारोबार भइरहेको छ ।










प्रतिक्रिया