सिटिजन्स बैंकद्वारा ‘स्क्यान एण्ड विथड्र’ सेवा सुरु

0
Shares

सिटिजन्स बैंक इन्टरनेसनलले कोरोना महामारीबाट आक्रान्त बनेको अवस्थामा ग्राहकहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ स्क्यान एण्ड विथड्र सेवाको सुरुवात गरेको छ ।

स्क्यान एण्ड विथड्र मार्फत ग्राहकहरुले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सक्ने बैंकले जनाएको छ ।

बैंकले हाललाई यो सेवा काठमाडौं उपत्यकाका दरवारमार्ग र कमलादी शाखाबाट उपलब्ध गराएको छ । निकट भविष्यमा नै यस सेवालाई देश भरीका अन्य शाखाहरुबाट समेत प्रवाह गर्ने उद्देश्यका साथ कार्यारम्भ भइसकेको बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले जानकारी दिए।

नयाँ प्रविधिलाई आत्मसाथ गर्नुका साथ साथै बैंकमा कार्यरत कर्मचारी र आदरणीय ग्राहकवर्गको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवाहरु प्रदान गर्ने उद्देश्यका साथ स्क्यान एण्ड विथड्र सेवा प्रयोगमा ल्याईएको उनको भनाई छ । यसको प्रयोग सँगै कर्मचारी र ग्राहकको सम्पर्क घट्ने हुँदा संक्रमणको जोखिम न्यून हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना ११० वटा शाखा, ९८ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट करिव साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

बैंकले घर कर्जा ९.५०% वार्षिक ब्याजदरमा एसएमई कर्जा (साना तथा मझौला कर्जा) ९.५०% वार्षिक ब्याजदरमा र मोर्टगेज लोन (व्यक्तिगत कर्जा) १०.९९% वार्षिक ब्याजदरमा प्रवाह गर्ने योजना संचालनमा ल्याएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।