एकैदिन २७ सय रुपैयाँले घट्यो सुनको भाउ


काठमाडौँ । सुनको मूल्य एकैदिन २७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुन प्रतितोला एक लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार सुनको मूल्य प्रतितोला एक लाख ७० हजार दुई सय रुपैयाँ निर्धारण गरिएको थियो ।

चाँदी बुधबार एक हजार नौ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ४५ रुपैयाँ निर्धारण गरिएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ८६१.२६ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३१.८२ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ३० माघ २०८१, बुधबार  १० : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।