सुनको भाउ तोलाको ४०० रुपैयाँले बढ्यो


काठमाडौँ । शुक्रबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ । बिहीबार २३ सय रुपैयाँले बढेको सुन शुक्रबार ४०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुन प्रतितोला एक लाख ७० हजार २०० सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार सुन प्रतितोला एक लाख ६९ हजार आठ सय रुपैयाँ निर्धारण गरिएको थियो । चाँदी शुक्रबार एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी बिहीबार एक हजार नौ सय ६५ रुपैयाँ निर्धारण गरिएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ९२६.८४ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३२.४९ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २ फाल्गुन २०८१, शुक्रबार  १० : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।