टेलिकमको संविधान दिवस लक्षित अनलिमिटेड प्याकेज

0
Shares

नेपाल टेलिकमले संविधान दिवस (राष्ट्रिय दिवस) २०७७ को अवसरमा अनलिमिटेड युट्युब, अनलिमिटेड फेसबुक तथा अन्य विभिन्न प्याकहरु उपलब्ध गराउने भएको छ ।

वि.सं. २०७७ को संविधान दिवस ( असोज ३ गते) को अवसरमा अवसरमा कम्पनीले अनलिमिटेड युट्युब, अनलिमिटेड फेसबुक र एड–अन प्याक उपलब्ध गराउने जनाएको हो ।

उक्त प्याकहरु ग्राहकले छुट्टाछुट्टै ५५ रुपैयाँ प्रति प्याकमा खरिद गर्न सक्नेछन् । उक्त अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक खरिद गरिएको मितिबाट ३ दिन (असोज २, ३ र ४ गते ) सम्म प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

यसैगरी ग्राहकले अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक प्याक खरिद गर्ने ग्राहकले एड-अन प्याकको रुपमा १५ रुपैयाँमा १ जीबी डाटा प्याक खरिद गरी डाटा प्रयोग गर्न सकिने सुविधा समेत उपलब्ध हुनेछ । यो प्याक पनि खरिद गरेको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिनेछ ।

हाल समर अफर अन्तर्गत २८ दिनको समयावधि हुने १ जीबी पर डे डाटा प्याक ८५० रुपैयाँमा उपलब्ध भइरहेकोमा संविधान दिवसको अवसरमा यसमा ३४.७ प्रतिशतको भारी छुट प्रदान गरिएको छ । सो अनुसार यो प्याक २०७७ असोज २, ३ र ४ गते जम्मा ५५५ रुपैयाँमा उपलब्ध हुने प्रवक्ता राजेश जोशीले जानकारी दिए ।

यी अफरहरु *1415*11# डायल गरी प्राप्त गर्न सकिने भने ग्राहकको सहजताका लागि नेपाल टेलिकम एपबाट समेत यी प्याकहरु खरिद गर्न सकिने व्यवस्था गरिएको जनाइएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १ असाेज २०७७, बिहीबार  १७ : ३४ बजे