टाटाको नयाँ अल्ट्रोज प्रिमियम ह्याचब्याक कार नेपालमा, मूल्य ३० लाख


नयाँ मोडलका इकोनामी कार बजारमा ल्याउने क्रममा टाटाले नयाँ मोडलको कार नेपाली बजारमा भित्र्याएको छ ।

टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले बहुप्रतिक्षित तथा चर्चित प्रिमियम ह्याचब्याक टाटा अल्ट्रोज कार बिहीबार नेपाली बजारमा सार्वजनिक गरेको छ । प्रिमियम ह्याचब्याक सेग्मेन्टको रुपमा यसै वर्षको शुरुवातमा भारतमा सार्वजनिक भएदेखि नै टाटा अल्ट्रोजले अत्याधिक चर्चा पाउँदै आएको थियो ।

सिप्रदी ट्रेडिङ्गले टाटा अल्ट्रोजको सुरुवाती मुल्य २९ लाख ९९ हजार रुपैंया तोकेको छ । साथै सिप्रदीले बिहीबारदेखि मुलुकभरका सबै डिलरहरुमार्फत प्रिमियम ह्याचब्याक अल्ट्रोज गाडीको बुकिङ्ग पनि खुल्ला गरेको छ ।

अत्याधुनिक अल्फा प्ल्याटफर्ममा बनेको पहिलो कार अल्ट्रोज रहेको बताएको टाटाले ग्लोबल एनक्यापमा फाईभ स्टार सेफ्टी रेटिङ्ग प्राप्त गरेकाले सेग्मेन्टमै अल्ट्रोज सुरक्षित रहेको जनाएको छ । इम्प्याक्ट २.० डिजाइन अन्तर्गत निर्मित अल्ट्रोज शक्तिशाली १.२ लिटर रेभोटर्न पेट्रोल इन्जिनमा उपलब्ध हुनेछ ।

अल्फा (एजाइल, लाइट, फ्लेक्जिबल र एडभान्स) आर्किटेक्चरमा बनेको पहिलो र एकमात्र गाडी रहेको सिप्रदीले जनाएको छ । स्ट्राइकिङ्ग डिजाइन, वाइड एरे अफ इण्डष्ट्रिज फस्ट, गोल्ड स्ट्यान्डर्ड सेफ्टी, ड्राइभिङ्ग डाइनामिक्स र उत्कृष्ट प्रबिधि रहेकाले अल्ट्रोज नेपाली बजारमा लोकप्रिय हुने विश्वास सिप्रदीले लिएको छ ।

अल्ट्रोज सार्वजनिक कार्यक्रममा टाटा मोटर्सका प्यासेन्जर भेहिकल इन्टरनेसनल बिजनेस हेड सुजन रोयले अटोमोटिभ इण्डष्ट्रिजमा गोल्ड स्ट्यान्डर्ड स्थापित गर्दै नेपालमा प्यासेन्जर गाडीको नयाँ अध्यायको सुरुवात गरेको बताए । “प्रिमियम क्लास ह्याचब्याक अल्ट्रोजले भविष्यमा नयाँ बेन्चमार्क कायम गरी बजार बिस्तारमा सहयोग पु¥याउनेमा हामी ढुक्क छौं । साथै अबका दिनमा अझै सोरुमहरुको बिस्तार गरी नेपालमा नयाँ प्रोडक्ट पोर्टफोलियो बिस्तार गरिनेछ । अबका दिनमा हामी मागको प्रकृति अनुरुप नयाँ प्रोडक्ट पोर्टफोलियो सार्वजनिक गर्दै जानेछौं” रोयले भने ।

सिप्रदी ट्रेडिङ्ग प्रा. लि.का प्रमूख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपाली बजारमा प्रिमियम क्लास ह्याचब्याक अल्ट्रोज गाडी सार्वजनिक गर्न पाउँदा खुशी भएको बताउँदै प्यासेन्जर गाडीको नयाँ जेनेरेसन थप गरी अर्को चरणमा प्रवेश गरेको बताए । “ग्राहकको माग र रुचि अनुसारका नयाँ उत्पादनहरु सार्वजनिक गर्दै लैजानेछौं” श्रेष्ठले भने ।

१.२ लिटरको रेभोट्रन इन्जिनले अल्ट्रोजलाई ८६ पि.एस. पावर र ११३ एन एम टर्क प्रदान गर्दछ । यसमा रहेकोे मल्टि ड्राइभ (सिटि र इको) मोडले स्पोर्टी ड्राइभिङ्ग डाइनामिक्स र इन्धन खपतको प्रभावकारीतालाई सन्तुलन कायम गर्दछ । साथै यस सेग्मेन्टमै उत्कृष्ट लेग स्पेस रहेको गाडीको भित्रि डिजाइन खुल्ला र फराकिलो छ ।

ह्याचब्याक टप नच फिट, अत्यन्तै उत्कृष्ट र उच्च गुणस्तरीय सामाग्रीबाट बनेको टाटा मोटर्सले जनाएकोे छ । आइडल स्टप स्टार्ट बटन, क्रुज कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल एसी, एम्बिन्ट मुड लाइटिङ्ग, ९० डिग्रि डोर ओपनिङ्ग, अटो हेडल्याम्प, रेन सेन्सिङ्ग वाइपर र हिडन डोर्स ह्यान्डल लगाएतका अति उत्कृष्ट बिशेषताहरु अल्ट्रोजमा रहेको बताइएको छ । प्यासेन्जरको सुरक्षाका लागि अल्ट्रोजका सबै भेरिएन्टमा ए.बि.एस, इ.बि.डि., सि.एस.सि. र डुवल एअरब्यागहरु राखिएका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।