सोमबार सुनको भाउमा वृद्धि, तोलाको कति पुग्यो ?


काठमाडौँ । सोमबार सुनको मूल्य १२ सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला २७ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार १२ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुन प्रतितोला एक लाख ६८ हजार ७०० सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला एक लाख ६७ हजार ५०० सय रुपैयाँ निर्धारण गरिएको थियो ।

चाँदी सोमबार एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी एक हजार नौ सय ५५ रुपैयाँ निर्धारण गरिएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ९०३.२९ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३२.४५ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ५ फाल्गुन २०८१, सोमबार  १० : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।