युनाईटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले असोज ७ गतेबाट आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ जारी गर्ने भएको छ।
कम्पनीले कास्कीका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुकाको लागि एक सय रुपैयाँ अंकित दरमा ४ करोड २० लाख रुपैयाँ बराबरको ४ लाख २० हजार कित्ता आईपीओ बिक्री गर्न लागेको हो।
कम्पनीले निष्काशन गर्न लागेको आईपीओमा छिटोमा असोज ७ गतेदेखि २१ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै शेयर बिक्री नभए ढिलोमा कात्तिक ५ गतेसम्म आवेदन दिन पाइने व्यवस्था छ।
उक्त आईपीओमा स्थानियले न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्। । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले ‘केयर एनपी डबल बी प्लस (आइएस)’ रेटिङ्ग प्राप्त दिएको छ। यसले मध्यम सुरक्षित रहेको संकेत गर्दछ।
कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ६ लाख ३० हजार कित्ता शेयर निष्काशन गर्नेछ। कम्पनीले स्थानीय र सर्वसाधरणलाई गरेर जारी पूँजीको २५ प्रतिशत अर्थात १० करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासनको अनुमति पाएको छ ।
कम्पनीले २०७६ असोज २० गतेदेखि माथिल्लो मार्दि खोलन जलविद्युत आयोजनाबाट व्यापारिक उत्पादन शुरु गरिसकेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया