प्रि-ओपनिङ्ग कारोबारः २८ कम्पनीको शेयरमूल्य बढ्यो, ४ कम्पनीको घट्यो

0
Shares

नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा सोमबार कारोबारमा आएका ३४ कम्पनीमध्ये २८ कम्पनीको शेयरमूल्य बढेको छ । दुई कम्पनीको शेयरमूल्य स्थीर रहेको बजारमा ४ वटा कम्पनीको शेयरमूल्य भने घटेको छ ।

नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा ३४ कम्पनीका ८ हजार २९ कित्ता शेयर ३० लाख ४८ हजार ४३३ रुपैयाँमा खरीद बिक्री भएका छन् । यस अवधिमा नेप्से १२.६४ अंकले बढेर १५८७.८३ बिन्दुमा बन्द भएको छ ।

आइतबारदेखि दोस्रो बजारमा शेयर कारोबारमा आएको लिवटी इनर्जीमा दोस्रो दिनको प्रि-ओपनिङ्गमा ५ प्रतिशतले घटेर २५६ मा झरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।