रेकर्ड मूल्यबाट घट्यो सुनको भाउ, बुधबार तोलाको कति ?


काठमाडौँ । सुनको मूल्य रेकर्डबाट घटेको छ । मंगलबार प्रतितोला ५०० रुपैयाँ बढेर हालसम्म कै उच्च मूल्यमा कारोबार भएको सुन बुधबार प्रतितोला ८०० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाला सुन १ लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुन एक लाख ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बुधबार चाँदी एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार नौ सय १३.९७ अमेरिकी डलरमा कारोबार भईरहेको छ भने चाँदी ३१.७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १४ फाल्गुन २०८१, बुधबार  १० : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।