सामान्य घट्यो सुनको भाउ


काठमाडौँ । बुधबारको तुलनामा बिहीबार सुनको मूल्य सामान्य घटेको छ । बुधबार प्रतितोला ८०० रुपैयाँ घटेको सुनको मूल्य बिहीबनर २०० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाला सुन १ लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन १ लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बिहीबार चाँदी एक हजार नौ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार नौ सय ०१.२७ अमेरिकी डलरमा कारोबार भईरहेको छ भने चाँदी ३१.३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १५ फाल्गुन २०८१, बिहिबार  १० : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।