काठमाडौँ । युनाईटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले साधारण सभा बोलाएको छ। कम्पनीले चैत ११ गते, सोमबार, आभ्या क्लब, घारीपाटन–१७, पोखरा, कास्कीमा १५ औँ वार्षिक साधारण सभा बोलाएको हो। सभा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनसशेयर र सोको कर प्रयोजनार्थ ०.२११ प्रतिशत नगद लाभांश वितरण गर्ने तथा बोनस शेयर जारी भएपश्चात कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
यसका साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, हकप्रद शेयर निष्काशनसम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन २३ गते बुकक्लोज गर्ने भएको छ। जस अनुसार फागुन २२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।










प्रतिक्रिया