समृद्धि फाइनान्स कम्पनी लिमिटेड (SFCL) ले चुक्ता पूँजी वृद्धि गर्न जारी गर्न लागेको एक बराबर अनुपातको हकप्रद असोज १६ गते मंगलबारदेखि बिक्री खुला हुने भएको छ ।
फाइनान्सले चुक्ता पूँजीको २०० प्रतिशत बराबरको एक सय रुपैयाँ अंकित दरमा ३६ करोड ३९ लाख ६० हजार ६०० रुपैयाँ बराबरको ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको हो । हकप्रदमा कात्तिक ६ गतेसम्म आवेदन दिन पाउने व्यवस्था छ ।
यस हकप्रदमा भदौ ११ गते बिहीबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । हकप्रद निष्काशनका लागि कम्पनीले भदौ १२ गते बुकक्लोज गरेको थियो ।
फाइनान्सको हकप्रदमा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त शेयरधनीको बैंक खाता रहेको बैंक तथा वित्तीय संस्था तथा मेरोशेयर सफ्टवेयर मार्फत अनलाइन आवेदन गर्न सकिनेछ । फाइनान्सको हकप्रद शेयरको निष्काशन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
यसैगरी बीओके क्यापिटल मार्केट कमलादी, बैंक अफ काठमाण्डूका शाखा कार्यालयहरु धनगढी, नेपालगंज, सुर्खेत, विरगञ्ज, पोखरा, नारायणघाट, जनकपुर, विराटनगर, बिर्तामोड तथा समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय, हेटौँडा र शाखा कार्यालयहरु पुतलीसडक तथा बुटवलबाट पनि बुझाउन सकिनेछ ।
फाइनान्सको हकप्रदलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपि आईपीओ ग्रेड ५’ रेटिङ्ग प्रदान गरेको छ । ग्रेड ५ रेटिङ्गले फाइनान्सको वित्तीय आधारभुत अवस्था औषतभन्दा तल आधार रहेको जनाउँछ ।
हाल फाइनान्सको चुक्ता पूँजी १८ करोड १९ लाख ८० हजार ३०० रुपैयाँ छ । हकप्रद निष्काशनपछि फाइनान्सको चुक्ता पूँजी ५४ करोड ५९ लाख ४० हजार ९०० रुपैयाँ पुग्नेछ । फाइनान्समा ५९.३७ प्रतिशत संस्थापक र ४०.६३ प्रतिशत सर्वसाधारणको शेयर हिस्सा रहेको छ ।
-
समृद्धि फाइनान्सका आधारभुत शेयरधनीलाई हकप्रदको रकम जम्मा गर्न अनुरोध
- समृद्धि फाइनान्सको हकप्रद बिहीबारसम्म कायम शेयरधनीले मात्र पाउने
-
समृद्धि फाइनान्सको हकप्रदको लागि बुकक्लोज निर्धारण
-
समृद्धि फाइनान्सले २०० प्रतिशत हकप्रद बिक्री गर्न पायो अनुमति
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया