प्रि-ओपनिङ्ग कारोबारः १६ कम्पनीको शेयरमूल्य करिब ५% बढ्यो, ७ कम्पनीको घट्यो

0
Shares

नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा मंगलबार कारोबारमा आएका ३० कम्पनीमध्ये १९ कम्पनीको शेयरमूल्य बढ्दा १६ कम्पनीको शेयरमूल्य करिब ५ प्रतिशतले बढेको छ ।

चार कम्पनीको शेयरमूल्य स्थिर छ भने ७ कम्पनीको मूल्य घटेको छ । आज घलेम्दी हाइड्रो, अपि पावर, मेगा बैंक, नाडेप लघुवित्त, कुमारी बैंक, रिलायन्स लाइफ र बेष्ट फाइनान्सको शेयरमूल्य घटेको हो । अरुण भ्याली, ग्लोबल आइएमई बैंक, सेञ्चुरी बैंक, र नेपाल रि इन्स्योरेन्सको शेयरमूल्य स्थीर छ ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा ३० कम्पनीका ३ हजार ६९१ कित्ता शेयर ८ लाख ८६ हजार ९१४ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
यस अवधिमा नेप्से ७.४९ अंकले बढेर १५७६.५५ बिन्दुमा बन्द भएको छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ असाेज २०७७, मंगलबार  १० : ५१ बजे