तीन अर्ब रूपैयाँको ऋणपत्र निष्काशन गर्न अनुमति माग

0
Shares

ग्लोबल आइएमई बैंक (GBIME) ले तीन ३ अर्ब रूपैयाँको ऋणपत्र निष्काशन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दर्ता गरेको छ ।

बैंकले दश वर्ष अवधिको लागि ३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र जारी गर्न अनुमति माग गरेको हो ।

ऋणपत्र निष्काशन गर्न बैंकले भाद्र २९ गते सोमबार निवेदन पेश गरेको बोर्डले जनाएको छ । बैंकले निष्काशन गर्ने ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६।८७ मा लगानीकर्ताले ८.५ प्रतिशत ब्याजदर पाउनेछन् ।

यसअनुसार बैंकले बोर्डबाट स्वीकृती पाएपश्चात ४० प्रतिशत बराबरको १२ लाख कित्ता सर्वसाधारणका लागि र १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई बिक्रीमा ल्याउनेछ ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सेञ्चुरी क्यापिटल रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ असाेज २०७७, मंगलबार  १६ : ४८ बजे