सिबिआइएल क्यापिटलका दुई म्युचुअल फण्डको प्रतिफलको बुकक्लोज तय

0
Shares

सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड १ र सिटिजन्स म्युचुअल फण्ड २ को प्रतिफल (नगद लाभांश) वितरणका लागि इकाइधनी दर्ता किताब बन्द हुने मिति निर्धारण भएको छ ।

योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले दुबै फण्डको प्रतिफल वितरणका लागि असोज १५ गते बिहीबार इकाइधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेको छ । यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिन अर्थात असोज १४ गते बुधबारसम्म नेप्सेमा इकाइ खरीद गरी कायम हुन आउने लगानीकर्ताले मात्र गत आव २०७६।७७ बाट प्रस्तावित प्रतिफल पाउनेछन् ।

सिबिआइएल क्यापिटल लिमिटेड अन्तर्गत संचालित सिटिजन्स म्युचुअल फण्ड १ ले कर सहित १५ प्रतिशत र सिटिजन्स म्युचुअल फण्ड २ ले कर सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।

सिटिजन्स म्युचुअल फण्ड १ ले इकाइधनीलाई १२ करोड ३० लाख रुपैयाँ तथा सिटिजन्स म्युचुअल फण्ड २ ले ५ करोड ६० लाख रुपैयाँ वितरण गर्नेछ ।

भदौ २९ गते योजना व्यवस्थापक बसेको सिबिआईएल क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ असाेज २०७७, बुधबार  १२ : २४ बजे