आरएसडिसी लघुवित्त (RSDC) ले १६ हजार ५१० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका तीन जना संस्थापक सदस्यले आफ्नो नाममा रहेको शेयर बिक्री गर्न खोजेकोले कम्पनीले बिक्रीमा ल्याएको हो ।
कम्पनीका शेयरधनीहरु कमला न्यौपानेले २ हजार ३३२ कित्ता, निरञ्जन ज्ञवालीले ६ हजार ७१५ कित्ता र केशव प्रसाद भण्डारीले ७ हजार ४६३ कित्ता संस्थापक शेयर बिक्रीका लागि आरएसडिसी लघुवित्तमा निवेदन दिएका हुन् ।
उक्त शेयरको खरीद गर्न इच्छुक विद्यमान आरएसडिसीका संस्थापक शेयरधनीले ३५ दिनभित्र आरएसडिसी लघुवित्तको केन्द्रीय कार्यालय बुटवल तथा एनआईसी एसिया क्यापिटलको कार्यालय बबरमहल काठमाण्डौंबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
विद्यमान आरएसडिसीका संस्थापक शेयरधनीले ३५ दिनभित्र शेयर खरीदका लागि निवेदन नदिएमा आम सर्वसाधारणका लागि पुनः बिक्रीमा आउनेछ ।
नेप्सेमा कम्पनीको साधारण शेयर प्रतिकित्ता ५६० रुपैयाँ हाराहारीमा कारोबार भैरहेको छ । तर नेप्सेमा साधारण शेयर जस्तो संस्थापक शेयरको सहज रुपमा कारोबार नहुने भएकाले संस्थापक शेयरमा न्यून आकर्षण रहेको पाइन्छ ।
आरएसडिसी लघुवित्त कम्पनीहरुलाई थोक कर्जा प्रवाह गर्ने कम्पनी हो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया