माउण्टेन ड्युको पब्जी मोबाइलसँग हातेमालो

0
Shares

माउण्टेन ड्युले सर्वोत्कृट गेमिङ्ग अनुभव दिलाउन युवापुस्तमा अत्यन्त लोकप्रिय पब्जी मोबाइलसँग हातेमालो गरेको छ ।

Squads, there’s loot on the hoirizon! माउण्टेन ड्यु, जुन ब्राण्डको इस्पोटस र गेमिङ्ग उद्योग तथा संस्कृतिमा जरैसम्म पहुँच छ, उक्त ब्राण्डले विश्वमै सबैभन्दा लोकप्रिय रहेको मोबाइल खेलहरु मध्येको एक PlayerUnknown’s Battleground Mobile (PUBG MOBILE) सँग विश्वव्यापी साझेदारीको घोषणा गरे लगत्तै अर्को नयाँ मैदान खुला गरेको छ ।

यसप्रकारको कदमले माउण्टेन ड्युद्वारा चलाइरहेको अभियानमा इस्पोर्ट्सका पेशेवर खेलाडीहरु र प्रशँसकहरुका अन्य पुस्तामाझ पुग्दै गेमिङ्ग उद्योगमा नवीनता र उत्साह जागृत गर्नको लागि एक अर्को महत्वपूर्ण चरणको संकेत गरेको छ । पब्जी मोबाइलका अलावा माउण्टेन ड्यु इस्पोर्ट्स समुदायलाई च्याम्पियन बनाउन र खेलाडीहरुलाई अद्भूत एवं उत्साहजनक क्रियाकलापहरुसम्म अझ बढी पहुँच पु¥याउन कटिबद्ध छ ।

गतिशिल कार्यक्रमको एक हिस्सा स्वरुप विश्वभरका खेलाडीहरुले केही सीमित समयको लागि खेलको नयाँ नक्साभरी उपलब्ध इन–गेम माउण्टेन ड्यु प्mयुल स्टेशन्स्मा शक्ति बढाउन सक्षम हुनेछन् ।

खेल खेलेको समयमा लूट उपलब्ध गराएर यी नवीनतम फ्युल स्टेशनहरुले गेमिङ्ग अनुभवलाई अझ बढी रोमाञ्चक बनाइदिन्छन्। नेपाल लगायत तोकिएका अन्तर्राष्ट्रिय बजारहरुमा प्रशँसकहरुले विशेष चिन्ह अँकित माउण्टेन ड्यु उत्पादनहरुको खरीदमा इन–गेम पुरस्कारहरु र रिवार्डहरु खोल्न पनि सक्नेछन् ।

माउण्टेन ड्यु पब्जी मोबाइल प्रो लिग अमेरिका, पब्जी मोबाइल वल्र्ड लिग र पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप २०२० को औपचारिक वेभरेज प्रायोजक पनि हो ।

“एक भव्य तरिकाबाट पब्जी मोबाइलको सैन्य शक्तिसँग जोडिन पाउँदा र इस्पोर्ट्स प्रशँसकहरुका साथ संलग्न हुन पाउँदा हामी अन्यन्त खुशी छौं ।” पेप्सीकोका मार्केटिङ्ग डाइरेक्टर नसीब पुरीले भने । “यस किसिमको विश्वव्यापी सहकार्यले गेमिङ्ग खोजमा एक नयाँ अध्याय स्थापित गर्दै अद्वितीय क्रियाकलापहरुका साथ इस्पोर्ट्स अनुरागीहरुको नयाँ पुस्तालाई सशक्त बनाउने हाम्रो प्रतिज्ञालाई गति प्रदान गर्छ ।”

“पब्जी मोबाइल र यसको इस्पोर्ट्सले विश्वभर असाध्यै धेरै प्रशँसकहरुका साथ रेकर्डहरु तोडिरहेका छन् । माउण्टेन ड्युसँगै मिलेर हामी जितको लागि खेलाडीहरुले कसरी इन्धन भर्छन् त्यो हेर्नलाईू आतूर छौं ।” पब्जी मोबाइल ग्लोबल इस्पोर्ट्सका डाइरेक्टर जेम्स याङले बताए ।

“माउण्टेन ड्यु र पब्जी मोबाइलमा NODWIN गेमिङ्गको सर्वाधिक ठूलो साझेदारहरुको स्क्वाड निर्माणमा सहयोग गर्ने यो अत्यन्त खुशीको कुरा हो ।” प्रचार अभियान र साझेदारी विकास गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने नोड्विन गेमिङ्गका अक्षत राठीले भन्नु भयो । पब्जी मोबाइलको बृहत्तर पहुँचका साथ माउण्टेन ड्युद्वारा विश्वव्यापी गेमिङ्ग र इस्पोर्ट्स समुदायमा प्रदर्शित विश्वासले गेमिङ्गका लागि वास्तविक शक्तिको मापन प्रदर्शन गर्न अनुमति दिएको छ ।

विश्वभरीका बजारहरुमा गेमिङ्गको माध्यमबाट समावेशिताको भावनालाई मनाउने यो उत्साहबद्र्धक साझेदारीका लागि यी दुई विश्वव्यापी हस्तीहरुसँग आबद्ध हुन पाउँदा हामी पनि गौरवान्वीत भएका छौं ।”

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।