गोर्खाज फाइनान्सको शेयरधनीले लाभांश नपाउने, साधारण सभा आह्वान

0
Shares

गोर्खाज फाइनान्स (GUFL) ले बिना लाभांश गत आर्थिक वर्ष २०७६/७७ को साधारण सभा आह्वान गरेको छ ।

फाइनान्स सञ्चालक समितिको बुधबार सम्पन्न ४०४ औं बैठकले कार्तिक ५ गते बुधबार बिहान १० बजे होटल क्राउन इम्पेरियल रविभवनमा २५ औं वार्षिक साधारण सभा आह्वान गरेको हो ।

साधारण सभा प्रयोजनका लागि असोज १८ गते आइतबार शेयरधनी दर्ता किताब बन्द गर्ने मिति तोकिएको छ । यसअनुसार असोज १५ गते बिहीबरसम्म नेप्सेमा कारोबार भई शेयर रजिष्ट्रारमा प्राप्त विवरणको आधारमा कायम शेयरधनीले मात्र साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ असाेज २०७७, बिहीबार  १२ : २५ बजे