नेपाल इन्भेष्टमेण्ट बैंकद्धारा ऋणपत्र निष्काशन गर्न अनुमति माग

0
Shares

नेपाल इन्भेष्टमेण्ट बैंक (NIB) ले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा चार अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशनका लागि निवेदन दिएको छ ।

दीर्घकालीन अवधिको लागि स्रोत परिचालन गर्ने उदेश्यका साथ बैंकले ऋणपत्र निष्काशन गर्नको लागि बैंकले असोज ५ गते निवेदन दिएको हो ।

बैंकले चार अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्नको लागि अनुमति माग गरेको हो । बैंकले निष्काशन गर्ने ४० लाख कित्तामध्ये १६ लाख कित्ता सर्वसाधारणको लागि र २४ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गर्नेछ ।

बैंकले निष्काशन गर्ने ७ वर्ष अवधिको ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले ८ दशमलवम ५ प्रतिशत ब्याजदर पाउनेछन् ।

बैंकको बिक्री प्रबन्धकमा आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ असाेज २०७७, बिहीबार  १८ : १३ बजे