बालबालिकाले प्रयोग गर्ने डाइपरमा सुन राखेर ल्याउँदै गरेको एक जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।.jpg)
विमानस्थल भन्सार कार्यालय काठमाडौँको टोलीले सुन लुकाएर ल्याउँदै गरेका नवलपरासीका वीरबहादुर थारुलाई पक्राउ गरेको प्रमुख भन्सार अधिकृत चुडाराज सापकोटाले जानकारी दिए ।
थारुले डाइपरको बटम भित्र फल्स बटम बनाएर १९३ ग्राम सुन ल्याएको फेला परेको छ । उनी कतारको दोहाबाट नेपाल वायुसेवा निगमको जहाजमार्फत काठमाडौँ आउँदा जाँचका क्रममा सुनसहित पक्राउ परेका हुन् ।
आजै प्रहरीले विमानस्थलबाट डाइपरमा सुन राखेर कतारबाट आएका एकसहित तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा मोरङका लिलाबहादुर बस्नेत तथा सामान लिन आउने रुपेश गिरी र टेकबहादुर थापा रहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होवीन्द्र बोगटीले जानकारी दिनुभयो । बस्नेतको साथबाट ४०० ग्राम सुन बरामद गरिएको थियो । विदेशबाट आउँदा ५० ग्रामभन्दा बढी सुन ल्याउन नपाउने कानूनी प्रावधान छ ।










प्रतिक्रिया