नबिल बैंकद्वारा नबिल ग्रिन पिन सेवा सुभारम्भ

0
Shares

नबिल बैंकले नबिल ग्रिन पिन सेवाको सुरुवात गरेको छ ।

आफना डेविट, क्रेडिट, तथा प्रिपेड कार्ड प्रयोगकर्ताहरुलाई सहज र सुरक्षित रुपमा बैंकको कुनै पनि एटिएमबाट कार्डको पिन सेट अथवा रिसेट गर्ने सुबिधा प्रधान गर्न यो सेवा सुरु गरेको बैंकले जनाएको छ ।

बैंकले ग्रिन पिन सेवा मार्फत आफना नयाँ ग्राहकलाई नयां“ पिन सेट गर्न र पूराना ग्राहकलाई बिर्सिएको पिन स्वयम्ले रिसेट गर्ने सुबिधा प्रदान गर्नेछ ।

सेवा शुभारम्भ गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने, “अब हाम्रा ग्राहक महानुभावहरुले बैंकद्वारा जारी गरिएको कुनै पनि कार्डको पिन सेट गर्नु परेमा वा पिन बिर्सनुभए बैंक शाखामा आएर पिन रिसेटका निम्ति आवेदन दिईरहनु पर्दैन । अब ग्राहकहरुले नजिकैको नबिल बैंकको एटिएमबाट सहजै आफैले पिन रिसेट गर्न सक्नुहुनेछ ।”

ग्रिन पिन मार्फत पिन सेट अथवा रिसेट गर्न ग्राहकहरुले नजिकैको नबिल बैंकको एटिएममा गई कार्ड मसिनमा राखेर जेनेरेट ओटिपी फर पिन मेनु छान्नु पर्नेछ । त्यस पश्चात ग्राहकले बैंकमा दर्ता गरेकोे मोबाइल नम्बरमा २४ घण्टाको म्याद रहेको ओटिपी प्राप्त हुनेछ । त्यस पश्चात ग्राहकले ओटिपी भरेर पिन चेन्ज मेनु छनौट गरि प्राप्त भएको ओटिपी राखेर पिन सेट अथवा रिसेट गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले ग्रिन पिन सेवा मार्फत बैंकले पिन प्रिन्ट गर्न प्रयोग हुने कागजको र पिनलाई प्याक गर्न प्रयोग हुने प्लास्टिकको उपभोग घटाउ“दै वातावरण मैत्री सेवाको सुभारम्भ गरेको विज्ञप्ति दिएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा यसरी जुनसुकै स्थान र समयमा पिन सेट तथा रिसेट गर्न सकिने सुविधाले ग्राहक महानुभाहरुलाई सुरक्षित र सहज सेवा प्राप्त हुने भन्ने बैंकको अपेक्षा छ ।

बैंकले हाल देशभर ११९ शाखाहरु र १८५ एटिएम काउण्टरहरु रहेका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।