सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य तोलामा १०० रुपैयाँले र चाँदी तोलामा ४० रुपैयाँले बढेको हो ।

बुधबार सुन प्रतितोला ३ लाख २ हजार ३०० रूपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला ३ लाख २ हजार २०० रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदी प्रतितोला ४ हजार ८१५ रूपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ७७५ रूपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३४४.३१ अमेरिकी डलर र चाँदी ६६.६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ७ आश्विन २०८३, बुधबार  १० : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।