काठमाडौँ । सांग्रिला बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली बुकक्लोज गदैृ छ । तसर्थ आजसम्म कायम सेयरधनीले मात्र बैंकको साधारण सभा र लाभांश वितरण कार्यक्रममा सहभागी हुन पाउने छन् ।
सांग्रिला डेभलपमेन्ट बैंकले असोज २२ गते, बिहीबार, एलिस रिसेप्सन, गैरीधारा, काठमाडौँमा बाईसौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे सुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ६.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।









