नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुको संख्या ७० हजार ६१४ जना पुगेको छ ।
स्वासथ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १३ सय १३ जनामा संक्रमण पुष्टि भएसँगै सो संख्यामा संक्रमित भएका हुन् । देशभरका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार २६२ नमुना परीक्षणमा ४५३ महिला र ८६० पुरुषमा संक्रमण पुष्टि भएको हो ।
प्रवक्ता गौतमका अनुसार देशभर १८ हजार २८९ जना सक्रिय संक्रमित रहेका छन् भने कोभिड १९ संक्रमणका कारण शुक्रबार थप ६ जना सहित ४५९ जनाको मृत्यु भएको छ ।
कोभिड १९ संक्रमण निको हुनेको संख्या ५१ हजार ८६६ जना पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै १ हजार ४५५ जनाले संक्रमण जितेर डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये निको हुनेको दर ७३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
देशभरका क्वारेन्टिनमा ६ हजार ५६४ जना छन् भने संस्थागत आइसोलेसनमा ८ हजार २३७ जना र होम आइसोलेसनमा १० हजार ५२ जना रहेका छन् ।
हालसम्म ९ लाख ६८ हजार १८५ वटा पीसीआर नुमना परीक्षण सम्पन्न भएको छ ।
उपत्यकामा ६४५ संक्रमित थपिए
मन्त्रालयका अनुसार शुक्रबार उपत्यकामा ६४५ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ५०३ जना, ललितपुरमा ९१ जना र भक्तपुरका ५१ जनामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी मोरङमा ६९ जना, चितवनमा ६७, रुपन्देहीमा ६१, महोत्तरीमा ५५, सर्लाहीमा ३९, बाँकेमा ३२, सुनसरीमा २८, बझाङमा २५ जना, अछाममा २५, नवलपुरमा २४, कास्कीमा १९, गोरखामा १६, पर्सामा १५, सल्यान र झापामा समान १४।१४ जना, सिराहा र प्युठानमा १३।१३ जना, धनुषामा ११, बारामा १० जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै दाङ, सुर्खेत र मकवानपुर तीनै जिल्लामा समान ९ जना, बाग्लुङमा ८ जना, काभ्रेमा ७ जना, कैलाली, बर्दिया, कपिलवस्तु, गुल्मी, र पाल्पामा ६ जना, लमजुङमा ५ जनामा संक्रमण पुष्टि भएको छ ।
उता स्याङ्जा, अर्घाखाँची, धादिङ, र रामेछापमा ४, नुवाकोट, खोटाङ, र सप्तरीमा ३ जना, सिन्धुपाल्चोक, सिन्धुली, नवलपरासी र डोटीका २, दोलखा तनहुँ, ताप्लेजुङ, तेह्रथुम, रौतहट, दैलेख, दार्चुला र कञ्चनपुर जिल्लामा १।१ जनामा कोरोना देखिएको जनाइएको छ ।
प्रतिक्रिया