जुम्ला विमानस्थल विस्तार गरिने

0
Shares

हिमाली जिल्ला जुम्लाको विमानस्थल विस्तार गरिने भएको छ । चालू आव २०७७/७८ देखि बहुवर्षीय आयोजना अन्तर्गत विमानस्थल विस्तार गर्न लागिएको हो ।

धावनमार्ग विस्तारका लागि अध्ययन गरिने नागरिक उड्डयन प्राधिकरण कार्यालयका प्रमुख महेन्द्रबहादुर सिंहले जानकारी दिए । उनले भने, “विस्तृत अध्ययनका लागि १७ लाख ६९ हजार ९१२ बजेट चालू आवमा विनियोजन भएको छ, प्राधिकरणको आफ्नै स्रोतबाट विमानलस्थलमा फायर सेड निर्माण कार्य गत वर्षदेखि निरन्तरता रहेको छ ।”

त्यसैगरी विमालस्थल विस्तार गर्नका लागि एक करोड बजेट विनियोजना भएको जनाइएको छ । विमालस्थल विस्तारका लागि जग्गा अधिकरण कार्यका लागि बजेट विनियोजन भएको कार्यालयले जनाएको छ । चालू आवमा खर्चतर्फ कार्यालय सञ्चालनका लागि २९ लाख ६० हजार बजेट विनियोजना भएकोे छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ असाेज २०७७, आइतबार  १३ : ४७ बजे