मिर्मिरे लघुवित्त वित्तीय संस्था र श्रृजनशील लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने भएका छन ।
काभ्रेको बनेपामा रजिस्ट्रार कार्यालय रहेको मिर्मिरे लघुवित्त र सिराहको गोलबजारमा रजिस्ट्रार कार्यालय रहेको श्रृजनशील लघुवित्तले असोज १२ गते मर्जर तथा एक्वीजिसन सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
राष्ट्रिय स्तरको मिर्मिरेको चुक्तापूँजी ४० करोड छ भने श्रृजनशीलको चुक्तापूँजी ७ करोड छ ।
मिर्मिरेका ११६ वटा शाखातथा श्रृजनशीलका २० वटा शाखा सञ्जाल रहेका छन् । मिर्मिरेले नेप्सेमा सूचीकृत कम्पनी हो भने श्रृजनशीलले आईपीओ जारी गरेको छैन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया