इटालियन मोटरसाइकल ब्रान्ड बेनेलीले दशैं, तिहार र छटको अवसरमा सबै ग्राहकहरूको लागि छुट अफर योजना ल्याएको छ ।
अफर अन्तर्गत हरेक कम्पनीमा तीनवटा अफर राखिएको छ । जसमा ग्राहकहरुले आफुलाई चाहेको अफर रोज्न सक्नेछन् । एक भाग्यशाली विजेताले ५० इन्चको स्मार्ट एलईडी टिभी जित्ने मौका पाउनेछ ।
कम्पनीको टिएनटी १५० आई बाइक सट्टापट्टा मार्फत खरीद गर्न चाहनेलाई ग्राहकले मोटरसाइकलको बजार भ्यालुको अतिरिक्त थप १५ हजार रुपैयाँ बराबरको भ्यालुएसन पाउनेछन् ।
यस्तै दोस्रो अफरमा हरेक वाइको खरीदमा १५ हजार रुपैयाँ नगद छुट पाउनेछन् । तेस्रो अफर अन्तर्गत एभरेष्ट बैंक मार्फत दुई वर्षका लागि शुन्य प्रतिशत ब्याजदरमा मोटरसाइकल खरीद गर्न सक्नेछन् । जुनसुकै अफरमा हेलमेट सित्तैमा प्राप्त गर्न गर्न सक्नेछन् ।
यसैगरी टिएनटी १५ आई बाइक सट्टापट्टा मार्फत खरीद गर्दा मोटरसाइको बजार भ्यालुको अतिरिक्त थप १५ हजार रुपैयाँ बराबरको भ्यालुएसन पाउनेछन् । यस्तै दोस्रो अफरमा हरेक मोटरसाइकलको खरीदमा ८ हजार रुपैयाँ नगद छुट पाउनेछन् भने तेस्रो अफर अन्तर्गत एभरेष्ट बैंक मार्फत दुई वर्षका लागि शुन्य प्रतिशत ब्याजदरमा मोटरसाइकल खरीद गर्न सक्नेछन् । जुनसुकै अफरमा हेलमेट सित्तैमा प्राप्त गर्न गर्न सक्नेछन् ।
सन् १९११ देखि नै मोटरसाइकल पारखी बीच एक बैग्लै पहिचान बनाएको बेनेलीको नेपालको लागी अधिकारिक बिक्रेता के टी एम इन्टरन्यासनल ट्रेडिंग प्रालि रहेको छ । कम्पनी ले ३एस (सेल्स्, स्पेएर, सर्भिस) को सुविधा नेपालको विभिन्न ठाउँमा सजिलै सँग उपलब्ध गराउँदै आइरहेको छ ।
बेनेली मोटरसाइकलहरू सबै सवारको आवश्यकताहरू पूरा गर्न र अन्तिम सवारी अनुभव र आराम सुनिश्चित गर्नका लागि सिर्जना गरिएको हो जसलाई, सबभन्दा बढी माग पनि गरिएको छ र नेपालको युवा वर्गमा लोकप्रिय बनेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया