नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड (NADEP) ले संस्थाले आर्थिक वर्ष २०७५/७६ सम्मको सञ्चित मुनाफाबाट घोषणा गरेको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर असोज १३ गते मंगलबारसम्म कायम शेयरधनीले मात्र पाउनेछन् ।
लघुवित्तको बोनस पाउन मंगलबार कारोबार समयभित्र शेयर खरीद गरी शेयरधनी कायम भैसकेको हुनुपर्छ । कम्पनीले असोज २८ गते आह्वान गरेको पाँचौ बार्षिक साधारण सभाका लागि सञ्चालक समिति बैठकले असोज १४ गतेका लागि बुकक्लोज मिति तय गरेको छ ।
यसअनुसार बुकक्लोजको अघिल्लो दिनसम्म नेप्सेमा शेयर कारोबार भई शेयर रजिष्ट्रारको शेयरधनी दर्ता पुस्तिकामा कायम रहन आउने लगानीकर्ताले मात्र लाभांश पाउन र साधारण सभामा भाग लिन पाउँछन् ।
धितोपत्रको दोस्रो बजारमा लघुवित्तको सोमबार अन्तिम पटक प्रतिकित्ता ७५९ रुपैयाँमा कारोबार भएको छ ।
साधारण सभाबाट लघुवित्त कम्पनीको शेयर संरचना परिमार्जन गार्नुका साथै लाभांश लगायतका प्रस्ताव पारित गर्नेछ ।
संस्थाले हाल कायम रहेको संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व ७० तथा सर्वसाधरणको ३० प्रतिशतबाट परिवर्तन गरी ५१ः४९ बनाउने प्रस्ताव गरेको छर सोही प्रस्ताव उपर सभामा छलफलका लागि प्रस्ताव साधारण सभामा लैजाँदैछ ।
त्यस्तै मर्जर तथा एक्विजिशनमा जानको लागि सम्पूर्ण अख्तियारी संचालकलाई दिने जनाएको छ ।
हाल लघुवित्तको चुक्ता पूँजी ३६ करोड ८० लाख रुपैयाँ रहेको छ । १० प्रतिशतले हुन आउने रकम ३ करोड ६८ लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी ४० करोड ४८ लाख रुपैयाँ पुग्नेछ। यसका साथै लघुवित्तले बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि १९ लाख ३६ हजार ८४२ रुपैयाँ नगद लाभांश पनि वितरण गर्नेछ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया