बुधबार पनि सुनचाँदीको मूल्य बढ्यो, यस्तो छ आजको लागि दरभाउ

0
Shares

नेपाली बजारमा बुधबार सुनचाँदीको दुबैको भाउमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ५०० रुपैयाँ र चाँदी १५ रुपैयाँले बढेको हो ।

नेपाली बजारमा मंगलबार सुनचाँदीको दुबैको भाउमा वृद्धि भएको थियो । महासंघका अनुसार मंगलबार सुन तोलामा ९०० रुपैयाँ र चाँदी २५ रुपैयाँले बढेको थियो ।

महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको भाउ ९४ हजार ७०० रुपैयाँ र तेजाबी सुनको ९४ हजार २०० रुपैयाँ तोकिएको छ । यस्तै आज चाँदीको भाउ तोलाको १ हजार १९० रुपैयाँ निर्धारण गरिएको छ ।

मंगलबार छापावाला सुनको भाउ ९४ हजार २०० रुपैयाँ, तेजाबी सुन ९३ हजार ७०० रुपैयाँ तथा चाँदी तोलाको १ हजार १७५ रुपैयाँमा कारोबार भएको थियो।

सोमबारका लागि छापावाला सुनको भाउ ९३ हजार ३०० रुपैयाँ र तेजाबी सुनको ९२ हजार ८०० रुपैयाँ तोकिएको थियो । यस्तै चाँदी तोलाको १ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार सुनचाँदी दुबैको भाउ स्थीर थियो । यसअघि आइतबार भने सुन तोलामा ६०० रुपैयाँ र चाँदीको तोलामा १० रुपैयाँले घटेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ असाेज २०७७, बुधबार  १० : ५२ बजे