सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड-१ र सिटिजन्स म्युचुअल फण्ड-२ को इकाईको प्रतिफल (नगद लाभांश) असोज १४ गते, बुधबारसम्म कायम इकाईधनीले मात्र पाउने भएका छन् ।
योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले दुबै फण्डको प्रतिफल वितरणका लागि असोज १५ गते, बिहीबार इकाईधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको छ । यसअनुसार असोज १४ गते, बुधबारसम्म नेप्सेमा कारोबार भई कायम रहेका इकाईधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।
योजना व्यवस्थापकको भाद्र २९ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ बाट प्रतिफल घोषणा गरेको थियो ।
सिटिजन्स म्युचुअल फण्ड – १ का इकाईधनीहरूलाई कर सहित १५ प्रतिशतका दरले हुन आउने १२ करोड ३० लाख रूपैयाँ र सिटिजन्स म्युचुअल फण्ड – २ का इकाईधनीहरूलाई कर सहित १० प्रतिशतका दरले हुन आउने ५ करोड ६० लाख रूपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ ।
दुबै फण्डको नगद लाभांश आजसम्म नेप्सेमा कायम रहन आउने शेयरधनीले मात्र पाउनेछन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया