काठमाडौँमा वायु प्रदूषण उच्च, काठमाडौंभन्दा धेरै प्रदूषित हावा भारतको दिल्लीमा


काठमाडौँ । काठमाडौँमा वायु प्रदूषण उच्च भएको छ । यद्यपि आज काठमाडौँभन्दा धेरै प्रदूषित हावा भारतको दिल्लीमा छ । काठमाडौँ दोस्रो प्रदूषित सहर बनेको छ । काठमाडौँ सोमबार र मंगलबार लगातार संसारकै प्रदूषित सहर बनेको थियो ।

वातावरण विभागका अनुसार काठमाडौँको वायु प्रदूषण निकै अस्वस्थकरको तहमा पुगेको छ । अहिले काठमाडौँ निकै अस्वस्थको तहमा छ भने दिल्ली खतराको तहमा पुगेको छ ।

आईक्यूएयरको तथ्यांक अनुसार आज बिहान काठमाडौँ को औसत एयर क्वालिटी इन्डेक्स (एक्युआई) रौंभन्दा तीन गुणा मसिना धुलो धुवाँका कण प्रतिघण्टा २६८ माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको छ । मंगलबार २२५ मापन भएको थियो ।

 

प्रकाशित मिति: २० चैत २०८१, बुधबार  १० : ०१ बजे