काठमाडौं । चैंत महिना लागेपछि तरकारीको मूल्य बढ्दै गएको देखिएको छ । समयमै वर्षा नहुनुले मुख्य रुपमा राजधानीमा तरकारीको उपलब्धतालाई सामान्य असर पारेको देखिन्छ ।
चैत महिना सुरु भएयता केही तरकारीको मूल्य स्थिर र केहीको घट्दा बढी खपत हुने तरकारीको मूल्य केही बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार चैत १ गते ठुलो नेपाली गोलभेडाको प्रति केजी मूल्य न्यूनतम २० रुपैयाँ र अधिकतम २५ रुपैयाँ रहेकोमा चैत २४ गते आइतबार न्यूनतम मुल्य ३० रुपैयाँ र अधिकतम ४० रुपैयाँ पुगेको छ । यो अवधिमा ठुलो नेपाली गोलभेँडाको न्युनतम मूल्य चैत १ गतेको अधिकतम मूल्यभन्दा माथि पुगेको हो ।
सानो गोलभेडाको मूल्य न्यूनतम १४ रुपैयाँ र अधिकतम २२ रुपैयाँ रहेकोमा २४ गते आइतबार न्युनतम १५ रुपैयाँ र अधिकतम २० रुपैयाँ छ । भारतीय ठुलो गोलभेडाको मूल्य न्यूनतम ४० रुपैयाँ र अधिकतम ५० रुपैयाँ नै कायम भएको छ ।
समितिका अनुसार चैतको २४ दिनको अवधिमा औषतमा तरकारीको मूल्य बढेको छ ।
स्थानीय काउलीको मूल्य न्यूनतम १५ रुपैयाँ अधिकतम २० रुपैयाँबाट ३० र ४० रुपैयाँ पुगेको छ ।
प्रतिकेजी हरियो प्याजको मूल्य न्युनतम २० रुपैया र अधिकतम ३० रुपैयाँबाट ४० र ५० रुपैयाँ पुगेको छ ।
प्रतिकेजी न्यूनतम ८ रुपैयाँ र अधिकतम १२ रुपैयाँ रहेको लोकल बन्दाको मूल्य २४ दिनपछि न्युनतम १० रुपैयाँ र अधिकतम १५ रुपैयाँ छ ।
चैत १ गते नरिवल बन्दाको मूल्य न्यूनतम १० रुपैयाँ र अधिकतम १५ रुपैयाँ रहेकोमा आइतबार १५ रुपैयाँ र २० रुपैयाँ पुगेको छ ।
रायो सागको प्रति केजी न्युनतम मूल्य ३० रुपैयाँ र अधिकतम ४० रुपैयाँबाट ६० रुपैयाँ र ७० रुपैयाँ पुगेको छ ।
यस्तै चाइनिज लसुनको प्रतिकेजी मूल्य न्युनतम २६० रुपैयाँ र अधिकतम २८० रुपैयाँ रहेकोमा आइतबार ३०० र ३२० रुपैयाँ पुगेको छ ।
नेपाली लसुनको मूल्य न्यूनतम २२० रुपैयाँ र अभिकतम २३० रुपैयाँबाट २८० र ३०० रुपैयाँ कायम भएको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
न्युनतम मूल्य प्रति केजी १०० रुपैया र अधिकतम मूल्य ११० रुपैयाँ रहेको भिण्डीको मूल्य आइतबार न्युनतम १०० रुपैयाँ र अधिकतम १२० रुपैयाँ कायम भएको छ ।
सेतो मुलाको न्यून्तम मूल्य १५ रुपैयाँ र अधिकतम मूल्य २० रुपैयाँ कायम गरिएको थियो भने आइतबार १५ रुपैयाँ र २० रुपैयाँ छ ।
रातो मूलाको मूल्य न्युनतम ३० रुपैयाँ र अधिकतम ४० रुपैयाँबाट ३५ र ४५ रुपैयाँ कायम भएको छ ।
चैत १ गते हरियो धनियाँ न्यूनतम २० रुपैयाँ र अधिकतम ३० रुपैयाँ प्रति केजीमा किनबेच भएकोमा आइतबार न्युनतम १५० रुपैयाँ र अधिकतम २०० पुगेको छ ।
लोकल गाजरको मूल्य न्यूनतम ३० रुपैयाँ र अधिकतम ४० रुपैयाँ रहेकोमा आइतबार घटेर न्युनतम २५ रुपैयाँ र अधिकतम ३५ रुपैयाँ कायम भएको छ ।
न्यूनतम मूल्य प्रति केजी ५० रुपैयाँ र अधिकतम ६० रुपैयाँ रहेको सुकेको भारतीय प्याजको मूल्य न्युनतम ४३ रुपैयाँ र अधिकतम ४५ रुपैयाँ छ ।
आइतबार प्रतिकेजी हरियो लसुनको न्यूनतम मूल्य ५० रुपैयाँ र अभिकतम ६० रुपैया छ । चैत १ गते यसको न्युनतम मूल्य ४० रुपैयाँ र अधिकतम मूल्य ५० रुपैयाँ थियो ।
न्यूनतम मूल्य ३२ रुपैयाँ र अधिकतम ३४ रुपैयाँ रहेको प्रतिकिलोग्राम रातो आलुको न्यूनतम मूल्य ३० रुपैयाँ र अधिकतम ३५ रुपैयाँ छ ।
प्रतिकिलोग्राम कन्य च्याउको न्यूनतम २६० रुपैयाँ र अधिकतम ३०० रुपैयाँ रहेकोमा घटेर २०० र २३० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया