सिभिल लघुवित्तको असोज २५ गतेदेखि लिलामी शेयरको बिक्री खुल्दै

0
Shares

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (CLBSL) ले यहि असोज २५ गते, आइतबारबाट हकप्रदमा अवितरित शेयर लिलाम बढाबढमा बिक्रीमा ल्याउने भएको छ ।

लघुवित्तले संस्थापक समूहको ११ हजार ६०८ कित्ता र सर्वसाधारण समूहको ७७ हजार ८४२ कित्ता गरी कूल ८९ लाख ४५० कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको हो ।

लिलामी शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले असोज २५ गते, आइतबारबाट कार्तिक २ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

लिलामी शेयरको लागि न्यूनतम मूल्य प्रतिशेयर १०० रूपैयाँ तोकिएको छ । लगानीकर्ताले १०० वा सो भन्दा बढी मूल्य अंकित गरी बढाबढ मूल्यमा बोलपत्र पेश गर्न सक्नेछन् । लघुवित्तको शेयर गत बिहीबार ७०४ रुपैयाँमा अन्तिम पटक कारोबार भएको छ ।

शिलबन्दी बोलपत्रहरु पेश गर्दा लगानीकर्ताले न्यूनतम १०० कित्ताका तथा लिलामीमा आएको अधिकतम कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

शिलबन्दी बोलपत्रहरु कम्पनीको शेयर बिक्री प्रबन्धक सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड, कमलादी काठमाडौँ तथा सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, विरेन्द्रनगर, धनगढी, विर्तामोड, जनकपुर, हेटौँडा, नारायणघाट, घोराही तथा महेन्द्रनगर शाखा कार्यालयबाट आवेदन दिने प्रबन्ध मिलाइएको छ ।

लघुवित्तले गत साउन २५ गतेदेखि भाद्र २९ गतेसम्म एक बराबर एक अनुपातमा ११ लाख ४१ हजार १४० कित्ता हकप्रद निष्काशन तथा बिक्री खुला गरेको थियो । सोही समयमा अवितरित शेयर अहिले लिलामी बिक्रीमा ल्याइएको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ असाेज २०७७, आइतबार  ०९ : १४ बजे