सर्वसाधारणमा आईपिओ निष्काशन गर्दै होटल ईच्छा, बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल नियुक्ति


काठमाडौँ । बाराको सिमरामा रहेको मधेश प्रदेशकै पहिलो र एकमात्र पाँचतारे होटल ईच्छा लिमिटेडले सर्वसाधारणमा शेयर निष्काशन गर्ने भएको छ ।

निष्काशन गर्नका लागि हिमालयन क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धक नियुक्ति गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रम होटलका संस्थापक अध्यक्ष ईच्छा बहादुर वाग्लेको उपस्थितिमा भएको थियो ।

सम्झौतापत्रमा होटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेवन्त प्रसाद धौभडेल र हिमालयन क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले हस्ताक्षर गरेका छन् ।

२०७४ सालमा चारतारे होटलको रुपमा सञ्चालनमा ल्याएको होटल २०७९ सालमा मधेश प्रदेशकै पहिलो र एकमात्र पाँचतारे होटलको मान्यता प्राप्त गरेको हो । यसै आर्थिक वर्षको श्रावण १ गतेदेखि पब्लिक कम्पनीको रुपमा समेत सञ्चालनमा आएको हो ।

कम्पनीको अधिकृत पूँजी २०० करोड रहेको र जारी पूँजी १५० करोड रहेको छ । होटलले जारी पूँजीको २० प्रतिशत अर्थात ३० करोड बराबरको ३० लाख कित्ता शेयरको सर्वसाधारणमा शेयर निष्काशन गर्ने छ ।

प्रकाशित मिति: २८ चैत्र २०८१, बिहिबार  ११ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।