प्रि-ओपनिङ्गमा १२ कम्पनीको शेयरमूल्य बढ्यो, तीनको घट्यो

0
Shares

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा सोमबार कारोबारमा आएका १२ कम्पनीको शेयरमूल्य बढेको छ भने तीन कम्पनीको सामान्य घटेको छ। उता ४ कम्पनीको शेयरमूल्य भने स्थिर रह्यो।

हिमाल दोलखा, रिडी हाइड्रोपावर, लुम्बिनी जनरल इन्स्योरेन्स, गरिमा विका बैंक, नेशनल हाइड्रोपावर, आईसीएफसी फाइनान्स, प्रोगेशिभ फाइनान्स, श्री यन्भेष्टमेन्ट एण्ड फाइनान्सको शेयरमूल्य ४ प्रतिशत धेरैले बढेको छ ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा १९ कम्पनीका १ हजार ५०२ कित्ता शेयर ५ लाख ४३ हजार ५०६ रुपैयाँमा खरीद बिक्री भएका छन्। यस अवधिमा नेप्से १.५६ अंकले बढेर १ हजार ५८७.३१ बिन्दुमा बन्द भएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १९ असाेज २०७७, सोमबार  १० : ५१ बजे