नेको इन्स्योरेन्सको ठूलो परिमाणमा संस्थापक शेयरको लिलामी खुल्यो

0
Shares

नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले एकैपटक १० लाख ७० हजार २०६ दशमलव ८४ कित्ता संस्थापक समूहको शेयर लिलाम बढाबढमा बिक्री खुला गरेको छ ।

कम्पनीका संस्थापक शेयरधनीहरुले शेयर बिक्रीका लागि निवेदन दिएपछि सनराइज क्यापिटल मार्फत उक्त शेयर बिक्रीमा आएको हो।

संस्थापक समूहको शेयरहरू खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरू लगायत अन्य इच्छुक व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले असोज २० गते मंगलबारदेखि कार्तिक ४ गते मंगलबार अपराह्न ३ बजेभित्र शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

लिलामी शेयरको न्युनतम मूल्य प्रतिशेयर ३९५ रूपैयाँ र न्युनतम ५ हजार कित्ता तोकिएको छ । लगानीकर्ताले न्युनतम मूल्य प्रतिशेयर ३९५ रूपैयाँ वा सो भन्दा धेरै मूल्य अंकित गरि लिलामीमा ल्याइएको अधिकतम कित्ताका लागि बोलकबोल पेश गर्न सक्नेछन् ।

यसरी आवेलदन गर्दा कालोसूचीमा नरहेको, कर चुक्ता प्रमाणपत्र, आयस्रोतको विवरण, फिट एण्ड प्रोपर टेस्ट फारम समेतर भरेको हुनुपर्ने र स्व घोषणा समेत गरेको हुनुपर्छ ।

शेयर बाँडफाँड गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई दिइनेछ । न्यूनतम मूल्य माथि जतिसुकै मूल्य उल्लेख गरेतापनि विद्यमान संस्थापक शेयरधनीलाई बिक्री पश्चात मात्रअन्य सर्वसाधारणलाई बिक्री गरिने उल्लेख छ ।

शिलबन्दी बोलपत्रहरु कार्यालयमा संकलन भएपछि बोलपत्र खोलिने समय, मिति र स्थानको जानकारी सार्वजनिक सूचना मार्फत गरिने कम्पनीको बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।