उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले धनगढीमा रहेका मातहतका कार्यालयको बुधबार अनुगमन गरेका छन् ।
उनले धनगढीमा रहेका खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेर र साल्ट ट्रेडिङ कर्पोरेशनको स्थलगत अनुगमन गरेका हुन् ।
अनुगमनका क्रममा उनले सुदूरपश्चिम प्रदेशमा खाद्यान्न अभाव हुन नदिन कार्यालय प्रमुखलाई निर्देशन दिए।
चाडपर्वका बेला मात्र नभएर देशका दुर्गम जिल्लामा खाद्यान्न अभाव हुन नदिन सरकारले उचित व्यवस्था गरिरहेको उनले बताए ।
देशका खाद्यान्न गोदामहरुको स्त्तरवृद्धि हुने गरी अत्याधुनिक बनाउन मन्त्रालयले पहल गरिरहेको उनको भनाइ थियो । झण्डै एक हप्तादेखि सुदूरपश्चिममा रहेका मन्त्री भट्टले प्रदेशको समग्र विकासका लागि तीन वटै तहका सरकारको विशेष भूमिका रहेको बताए।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया