मिर्मिरे लघुवित्त वित्तीय संस्था (MMFDB) को शेयर रजिष्ट्रारमा पुनः नेपाल एसबिआई मर्चेण्ट बैंकिङ चयन भएको छ ।
लघुवित्तले नागबेली लघुवित्तलाई प्राप्ति गरेर एकीकृत कारोबार थालेपछि पनि नेपाल एसबिआई मर्चेण्टलाई नै शेयर रजिष्ट्रारमा निरन्तरता दिएको हो । लघुवित्तले असोज १८ गते आइतबारदेखि लागू हुनेगरी नेपाल एसबिआई मर्चेण्ट बैंकिङ हात्तिसार, काठमाडौंलाई शेयर रजिष्ट्रार चयन गरेको हो ।
यसअघि शेयर रजिष्ट्रार सम्बन्धी काम प्रभु क्यापिटलबाट हुँदै आइरहेकोमा २०७५ साउन २२ गतेदेखि परिवर्तन गरी नेपाल एसबिआई मर्चेण्ट बैंकिङसँग सम्झौता गरेको थियो ।
मिर्मिरेको शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य अब नेपाल एसबिआई मर्चेण्ट बैंकिङ हात्तिसार, काठमाडौंबाट हुनेछ ।
मिर्मिरेले नागेबलीलाई प्राप्ती गरी गत भदौ ७ गतेदेखि एकीकृत कारोबार थालेको थियो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया