नेप्सेमा ४ लाख ८६ हजार बोनस शेयर सूचीकृत

0
Shares

एनएमबि लघुवित्त वित्तीय संस्था (NMBMF) को ४ लाख ८६ हजार १८ दशमलव ७५ कित्ता बोनस शेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको छ ।

लघुवित्त वित्तीय संस्थाले अघिल्लो आर्थिक वर्ष २०७५।७६ बाट वितरण गरेको चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर शुक्रबार नेप्सेमा सूचीकृत गराएको हो ।

उक्त बोनस शेयर लघुवित्तको २०७६ असार २२ गते सम्पन्न ७ औं वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर तथा बोनस शेयरको कर प्रयोजनको लागि ०.६३ प्रतिशत नगद लाभांश अनुमोदन भएको थियो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि लघुवित्तले चैत १० गते शेयरधनी दर्ता किताब बन्द गरेको थियो। यसअनुसार चैत ९ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका शेयरधनीले मात्र बोनस पाउनेछन् ।

शुक्रबार सूचीकृत भएको लघुवित्तको उक्त बोनस शेयर शेयरधनीले डिम्याट खातामा प्राप्त भएपछि लगानीकर्ताले धितोपत्रको दोस्रो बजार मार्फत कारोबार गर्न सक्नेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ असाेज २०७७, शुक्रबार  १५ : ४८ बजे