सानिमा लाईफको बिक्री प्रबन्धक प्रभु क्यापिटल, ६० करोडको साधारण सेयर


सानिमा लाइफ इन्स्योरेन्सले साधारण सेयर निष्कासनाक लागि बिक्री प्रबन्धकमा प्रभु क्यापिललाता नियुक्त गरेको छ । कम्पनीले ६० करोड बरावरको ६० लाख कित्ता साधारण सेयर निष्कासनका लागि निकाष्शन तथा बिक्री प्रबन्धकको जिम्मा पभूलाइ दिएको हो ।
कम्पनीले निष्कासन गर्ने साधारण सेयरको बिक्री प्रबन्धक प्रभू क्यापिटल हुने सम्बन्धमा बुधबार भएको सम्झौतापत्रमा सानिमा लाइफको तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सीना र प्रभु क्यापीटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भोला प्रसाद पाठकले हस्ताक्षर गरेका हुन ।
इन्स्योरेन्सको सर्वसाधारणको लागी छुटयाइएको शेयर निष्काशन गर्ने सम्बन्धी सम्झौता गरेको हो । इन्स्योरेन्सले जारी पूँजी २ अर्ब रुपैयाँको ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गर्ने भएको हो ।
सम्झौता अनुसार सानिमा लाइफले सर्वसाधारणको लागी जारी गर्ने ६० करोड रुपैयाँ बराबरको शेयर निष्काशन सम्बन्धि सम्पुर्ण कार्य प्रभु क्यापीटलले गर्नेछ ।
हाल एक अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको आईपीओ निष्काशन पश्चात बीमा समितिले तोके बमोजिम २ अर्ब रुपैयाँ पूँजी कायम हुनेछ।