पछिल्लो दुई दिनमा सुनको भाउ १ हजार ७०० रुपैयाँले बढ्यो, चाँदीमा पनि बढोत्तरी

0
Shares

साताको पहिलो दिन आइतबार सुनको भाउ प्रतितोला ८०० रुपैयाँले बढेको छ । शुक्रबार तोलामा ९०० रुपैयाँले बढेको सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा भाउ बढेसँगै आइतबार थप ८०० रुपैयाँले बढेको हो ।

यसअनुसार पछिल्लो दुई दिनमा मात्रै सुन तोलामा १ हजार ७०० रुपैयाँले महङ्गिएको छ । बिहीबार तोलामा ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार ९५ हजार ६०० रुपैयाँ पुगेको छ । सार्वजनिक विदाका कारण नेपालमा शनिबार सुनको भाउ तोकिने गरेको छैन।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असोज २५ गते आइतबारका लागि छापावाल सुनको मूल्य ९५ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य ९५ हजार १०० रुपैयाँ निर्धारण गरेको छ।

यसैगरी आइतबार चाँदीको भाउमा पनि ४० रुपैयाँले वृद्धि भएको छ । महासंघका अनुसार आइतबारका लागि चाँदी प्रतितोला १ हजार २३५ रुपैयाँ तोकिएको छ । शुक्रबार चाँदी १ हजार १९५ रुपैयाँमा कारोबार भएको थियो। सुनसँगै चाँदीको भाउ पनि बढिरहेको छ । बिहीबार यता चाँदी मूल्य तोलाको ६० रुपैयाँले बढेको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ असाेज २०७७, आइतबार  ११ : २५ बजे